सूचनाको हक मानिसको जन्मसिद्ध मौलिक हक हो । जनताले तिरेको करबाट चल्ने सार्वजनिक निकायहरुमा रहेका सूचनाको खोजी, प्राप्ति र प्रवाहमा कुनै पनि अवरोध नभई त्यस्ता सूचनामा नागरिकको सहज पहुँच हुने स्थिति रहनुलाई नै सूचनाको हक हुनु हो भन्ने मानिन्छ । नागरिकको सुचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु सार्बजनिक निकायको दायित्व हो I सोहि दायित्त्व अनुसार यस कार्यालयले सुचना बर्गिकरण र अध्यावधिक गरि समय समयमा सार्बजनिक र प्रकाशन गरिरहेको छ I कार्यालयका काम कारबाही खुला र पारदर्शी होउन,सुचनामा नागरिकको पहुच सरल र सहज होस् भन्ने बिषयमा हाम्रो कार्यालय सदैब प्रतिबद्ध छ I कार्यालयको काम संग सम्बन्धित बिषयमा प्रक्रियागत रुपमा सुचना माग गर्न सबैमा हार्दिक आब्हान गर्दछु I
नन्द राज पन्त(सूचना अधिकारी)
९८५८४८५९७९