अ-
अ+
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था विभाग

सवारी परीक्षण कार्यालय

गोदावरी नगरपालिका वडा नं. ४, अत्तरिया, कैलाली
अपडेट

कार्यालय प्रमुखको मन्तव्य


       श्री सुबास बडू

          नि. कार्यालय प्रमुख

सम्पर्क नम्बर - 9858488825

मन्तव्य

आदरणीय सेवाग्राही तथा सरोकारवाला महानुभावहरु,

नेपालको संविधान २०७२ ले नेपालको राजकीय सत्ताको मुलभुत संरचनालाई संघीय प्रणाली मार्फत शासकीय अधिकारहरु संघप्रदेश र स्थानीय तहमा काम कर्तव्य र अधिकारहरुको विन्यास गरेको छ। शासकीय अधिकारहरुको विन्याससँगै नेपालको वर्तमान संविधानले नेपालको यातायात क्षेत्रको व्यवस्थापनका सन्दर्भमा संवैधानिक रुपमा केहि मूलभुत व्यवस्थाहरु गरेको छ । नेपालको संविधान २०७२ को धारा ५७ मा राज्यशक्तिको बाँडफाँड अन्तर्गत उपधारा १ मा संघको अधिकार अनूसूची – ५ मा उल्लेखित बिषयमा निहित रहने छ भनि उल्लेख भएको छ भने संविधानको अनुसूची – ५ मा संघको अधिकार अन्तर्गत यातायात क्षेत्रका सन्दर्भमा राष्ट्रिय यातायात नीतिरेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन भनि उल्लेख गरिएको छ । अन्तर-प्रदेशीय यातायात व्यवस्थापनलाई  व्यवस्थित र  सेवालाई सरल तथा  सुलभ  बनाउन नेपाल सरकारले हरेक प्रदेशमा सवारी परिक्षण कार्यलय स्थापना गर्ने  नीति लिएको छ  सोहि अनुरुप सुदुरपश्चिम प्रदेशको केन्द्रमा अवस्थित गोदावरी नगरपालिका वडा नं. ४, अत्तरिया, कैलालीमा २०७९ बैशाखमा यो कार्यालय स्थापना भएको हो I

यस कार्यालयबाट अन्तर-प्रदेशीय संचालन हुने सार्वजनिक सवारी साधनहरु(यात्रुवाहक, मालवाहक) को जाँचपास, बाटो इजाजत-पत्र प्रदान, स्तर कायम र प्रदुषण परीक्षण, रात्री सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म सञ्चालनको स्वीकृति दिने लगायतका कार्यहरु गर्दै  आइरहेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु  I 

सवारी तथा यातायात व्यवस्था ऐन२०४९सवारी तथा  यातायात व्यवस्था नियमावली,  २०५४ को नीतिगत व्यवस्था बमोजिम सेवाग्राहीहरु लाई  सरल र सुलभ  ढंगबाट  यातायात सेवा तथा सुबिधा  पुर्याउन  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ,यातायात व्यवस्था विभाग र सो अन्तर्गतका कार्यालयहरु  सदा सर्बदा प्रयत्नशील रहेका छन् 

मुलुकमा सुशासनको अनुभूति दिने जिम्मेवारी सरकारको काँधमा रहेकोमा सार्वजनिक सेवा प्रवाहका क्रममा यस कार्यालयले प्रवाह गरिरहेको सेवाका  सम्बन्धमा सेवाग्राहीज्युहरुले कुनै गुनासोउजुरी भए कार्यलयमा खडा गरिएको उजुरी पेटिकाको प्रयोग गर्न सक्नु हुनेछ अथवा कार्यालय प्रमुख कक्षमा सोझै गुनासो दर्ता गराउन सक्नु हुनेछ I

तपाईहरुको सल्लाह, सुझाव, पृष्ठपोषण र प्रतिक्रियाले कार्यालयलाई थप उर्जाशील र उत्तरदायी बनाउने हुँदा आगामी दिनहरुमा पनि सम्बद्ध सबै पक्षहरुबाट सहयोग, सल्लाह एवम् सुझावहरु प्राप्तहुने अपेक्षा गर्दछौ I

धन्यवाद ।